एनआईसी एसिया बैंकले आफ्नो नयाँ भिसा क्रेटिड कार्ड बजारमा ल्याएको छ । उक्त क्रेडिट कार्डको सोमबार एनआईसी एसियाका अफिसिएटिङ सीईओ विमल डागाले सुरुवात गरे । पुरा क्रेडिट लिमिट भएको उक्त क्रेडिट कार्डमार्फत १५ देखि ४५ कार्यदिनभित्रमा बैंकको इन्टरनेट बैंकिङ सिस्टम या इ–सेवामार्फत रकम चुक्ता गर्न सकिने सुविधा बैंकले प्रदान गरेको छ । बैंकले उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै थप योजनाहरु ल्याउँदै जाने बताएको छ । गत आर्थिक वर्षमा बैंकले खुद मुनाफामा ५७ प्रतिशत वृद्धि गरेको छ ।