इन्टरभ्यू : “बैंकिङ क्षेत्र नै किन” जवाफ के दिने ?

 

बैंकिङ खबर । अन्तर्वार्तामा, तपाईको व्यक्तित्वको परिक्षण हुन्छ, अन्तर्वार्ताको चरणले विस्तृत दृष्टिकोणको माग गर्दछ । परिचय पछि, सबैभन्दा महत्त्वपूर्ण प्रश्न यो हो कि तपाई बैंकिङ पेशालाई किन रोज्दै हुनुहुन्छ ? यो प्रश्न प्रायः सबै अन्तर्वार्तामा सोधिन्छ । यो प्रश्नको उत्तर कसरी दिने त ?

तपाईले बैंकिङ क्षेत्रलाई पेशाको रूपमा किन रोज्नु भयो ?
तपाईले यस प्रश्नको उत्तर दिन एक वा बढी विषयहरू छान्न सक्नुहुन्छ । सामान्यतया अन्तवार्ताकार यस प्रश्न मार्फत रोजगार प्रोफाइलको बारेमा तपाईको राय जान्न चाहन्छ ।

पारदर्शिता : बैंकिङ क्षेत्रमा अन्य सार्वजनिक क्षेत्र र सरकारी क्षेत्रका रोजगारीहरूको तुलनामा नियुक्ति र पदोन्नती दुबैमा पारदर्शिता हुन्छ । कडा नियम र कानुनका कारण भ्रष्टाचार हुदँैन ।

तलब  : बैंकिङ क्षेत्रमा अन्य प्रतिस्पर्धी स्तरको रोजगारहरू भन्दा बढी आधारभूत तलब हुन्छ । तलब वृद्धि पनि नियमित अन्तरालमा हुन्छ । यदि तपाई शीर्ष पदमा पुग्नुभएन भने पनि राम्रो तलब प्याकेज र अन्य सुविधाहरूको लागि योग्य बन्नुहुन्छ ।

ग्रोथ : यदि तपाई समर्पणका साथ काम गर्नुहुन्छ, र बैंकका लागि लाभदायक साबित हुनुहुन्छ भने, बैंकले तपाईलाई उत्कृष्ट संस्थानमा नियुक्त गर्दछ र तपाईको करियर अगाडि बढाउन सक्छ ।

देशको सेवा गर्ने मौका : देशको अर्थतन्त्रमा बैंकिङ क्षेत्रको महत्वपूर्ण योगदान छ । यसले राष्ट्र निर्माणमा योगदान पु¥याउँछ । यस क्षेत्रको विकास धेरै आशावादी छ र तपाईलाई आर्थिक समावेशीकरण मार्फत राष्ट्र निर्माणको प्रक्रियामा सहभागी हुन एक अवसर दिन्छ ।

सीपको विकास : बैंकिङ क्षेत्रमा काम गर्नु कुनै चुनौती भन्दा कम छैन, जसलाई चुनौती मन पर्छ ऊ निश्चित रूपमा बैंकमा काम गर्न रुचाउँछ । बैंकिङ क्षेत्रमा विभिन्न कार्यभार फरक समयमा एक कर्मचारी को लागी सुम्पिइन्छ, जहाँ बाट एक कर्मचारीलाई धेरै क्षेत्रहरुको काम सिक्ने अवसर प्राप्त हुन्छ जसले करियर अघि बढाउन महत्वपूर्ण भूमिका खेल्छ ।

 

बैंकिङलाई पेशाको रूपमा छनौट गर्ने बारेमा उत्तम कुरा यो हो कि तपाई आफ्नो प्रतिभाले बैंकिङ क्षेत्रको शीर्ष स्थानमा पुग्न सक्नुहुनेछ ।

  • अन्त्यमा धन्यवाद भन्नुहोस्
  • आत्मविश्वास राख्नुहोस्
  • तपाईको उत्तरमा उठ्ने प्रश्नहरूको लागि तयार हुनुहोस् ।
  • स्किल विकासको लागि दैनिक समाचार पत्र पढ्नुहोस् ।
  • अन्तवार्ता टिप्सहरु पढ्नुहोस् ।


सोसिअल मेडिया