August 1st, 2016

लक्ष्मी भ्यालु फण्ड-१ का शेयरधनीलाई ‘२५ प्रतिशत लाभांश’

laxmiलक्ष्मी भ्यालु फण्ड १ ले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको पहिलो वर्ष नै फण्डले २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । संस्थाको साउन १६ गते बसेको सञ्चालक समितिको बैंठकले यस्तो प्रस्ताव पारित गरेको बताइएको छ । हाल बजारमा यो लक्ष्मी भ्यालु फण्ड १ को कारोबार प्रतिइकाइ १४ रुपैयाँ ९० पैसाका दरले भइरहेको छ ।