October 16th, 2020

बैंक/वित्तीय क्षेत्रका कैयौ कर्मचारीमा कोरोना संक्रमण ! सकेसम्म बैंक नजाऔं

बैंकिङ खबर । हाल बैंक, बीमा तथा वित्तीय संस्थाहरुमा संक्रमणका कारण कतिपय बैंकवित्तले शाखा नै बन्द गर्नुपरेको छ । बैंकसँगै बीमा कम्पनी, लघुवित्त वित्तीय संस्था एवं ब्रोकर कम्पनी तथा अन्य वित्तीय क्षेत्रमा पनि कोरोनाका कारण कार्यालयहरु बन्द गर्नुपरेको छ । सेयरबजारमा यसको संक्रमण बढेपछि मर्चेन्ट बैंकहरुले सूचना नै प्रकाशन गरेर कार्यालय भौतिक कारोबार तथा भौतिक उपस्थित बन्द गरेका छन् । लकडाउन तथा निषेधाज्ञाका समयमा पनि बैंक तथा वित्तीयसंस्थाहरुले सेवा प्रवाह गरेका थिए । यसरी बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा संक्रमण देखिँदा वित्तीय सेवाहरुमा समस्या पर्न सक्ने देखिएको छ । संक्रमणको संख्या दिनप्रतिदिन बढेको छ ।

पछिल्ला दिनहरुमा बैंकका कर्मचारीमा कोरोनाको जोखिम बढेकाले उच्च सतर्कता अपनाउनुपरेको बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् । हाल कोभिड–१९ बाट संक्रमित बैंकका कर्मचारीलाई आइसोलेसनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बेहोर्नुपर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा संक्रमण देखिन थालेपछि राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

संक्रमण ह्वात्तै बढ्दा कार्यालय खोल्न समस्या
बैंकवित्त क्षेत्रमा कोरोना संक्रमण ह्वात्तै बढ्दा कतिपय कार्यालय खोल्नमा समेत समस्या आउने अबस्था देखएको छ । बैंकवित्तका केही शाखाहरु बन्द गरिएका छन् । तथापी कहाँ कति शाखा बन्द भए भन्नेबारे भने राष्ट्र बैंकले पनि डाटा राखेको छैन । केही बैंकवित्तका कार्यालयहरु एवं शाखाहरु सिमित अवधिका लागि बन्द गरीएपनि पुन सुचारु भएका छन् । केही शाखा भने बन्द छन् । अधिकांस शाखाहरु खुल्ला भएको र वित्तीय सेवामा कुनै समस्या नरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । तथापी संक्रमितको संख्या बढ्दै गएका कारण सर्वसाधारणलाई सकेसम्म भौतिक उपस्थितिमा कारोबार नगर्न बैंकवित्तले अनुरोध गर्दै आउका छन् । उता सेयर कारोबार गर्ने मर्चेन्ट बैंकहरुले भने सबैले भौतिक रुपबाट हुने कारोबार बन्द गरेका छन् । आफ्ना कर्मचारीहरुमा संक्रमण बढेका कारण भौतिक रुपमा हुने कारोबारहरु बन्द गरि अनलाईन तथा डिजिटल माध्यमबाटै सेवा सुचारु गरिरहेका छन् ।

यसैगरी स्टक बोकर्स एशोसिएशन अफ नेपालले कोभिड–१९ को बढदो संक्रमणलाई मध्यनजर गर्दै शेयर कारोबार विद्युतीय माध्यमबाट गर्न गराउन आग्रह गरेको छ । स्टक ब्रोकर्सले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको शेयर कारोबार विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको हो । सो विज्ञप्तिमा ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यारत कर्मचारीहरुमा समेत उच्च जोखिममा रहेको जनाएको छ ।ग्राहकको भिडका कारण कतिपय ब्रोकर कम्पनीहरुमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणसमेत देखिसकेको भन्दै विज्ञप्तिमा हाल भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्वन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाटनै गर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ ।साथै विद्यमान अवस्थामा कोरोना संक्रमणलाई ध्यानमा राख्दै लगानीकर्ता तथा संघका सदस्यलाई विधुतीय माध्यमबाट कारोबार गर्न पनि बोकर्स एशोसिएशनले आग्रह गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]