Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

५० प्रतिशत हकप्रद जारी गर्दै यति डेभलपमेन्ट बैंक

२०७३ श्रावण १६ गते

yetiयति डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकको १४औं बार्षिक साधारण सभाले हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो । साथै, सभाले सेयर संरचना परिवर्तन गर्ने निर्णय समेत गरेको छ । सभाले संस्थापक सेयर ५१ र साधारण ४९ प्रतिशत गर्ने निर्णय पारित गरेको हो ।

सभाले साधारण सेयरधनीको तर्फबाट सञ्चालकमा रुपेन्द्र पौडेललाई चयन गरेको छ । सभाले उपयुक्त संस्था भेटिए गाभ्ने गाभिने आवश्यक निर्णय गर्ने र विदेशी रणनीति साझेदार भित्राउने कामको जिम्मा सञ्चालक समितिलाई दिएको छ ।