यति डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकको १४औं बार्षिक साधारण सभाले हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो । साथै, सभाले सेयर संरचना परिवर्तन गर्ने निर्णय समेत गरेको छ । सभाले संस्थापक सेयर ५१ र साधारण ४९ प्रतिशत गर्ने निर्णय पारित गरेको हो ।
सभाले साधारण सेयरधनीको तर्फबाट सञ्चालकमा रुपेन्द्र पौडेललाई चयन गरेको छ । सभाले उपयुक्त संस्था भेटिए गाभ्ने गाभिने आवश्यक निर्णय गर्ने र विदेशी रणनीति साझेदार भित्राउने कामको जिम्मा सञ्चालक समितिलाई दिएको छ ।