Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

अमेरिकी राष्ट्रपतिलाई कोरोनाको खबरले वैश्विक बजारमा समेत गिरावट

admin २०७७ आश्विन १८ गते
सेयर:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भएको खबरले कच्चा तेलको मूल्यमा २ प्रतिशतले गिरावट आएको छ । यद्यपि कच्चा तेलको माग अपेक्षाकृत भन्दा कम राहत प्याकेजको घोषणापछि घटेको हो । समाचारले अमेरिकी शेयर बजारलाई पनि असर गरेको छ ।

कच्चा तेलको मूल्यमा समेत गिरावट
कोरोना संक्रमणको खबर पछि ब्रेन्ट क्रुड ७८ सेन्टले तल झर्यो । यस हप्ता अमेरिकी तेलको मूल्य ५ प्रतिशतले भन्दा बढी गिरावट आएको छ । जबकि ब्रेन्ट क्रुड पनि ४ प्रतिशत तल आएको छ ।

वैश्विक बजारमा समेत गिरावट
यस समाचारले विश्वव्यापी बजारमा शुक्रवार पनि प्रभाव पारेको थियो र अमेरिकी बजार डाउ फ्यूचर ४४५ अंक (१.६प्रतिशत) झरेको छ । एसएन्डपी ५०० र नेस्डकमा पनि क्रमशः १.७ % र २.३ % को गिरावट आयो । जबकि जापानमा निक्केइ २२५ सूचकांक ०.७ प्रतिशतले गिरावट आएको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।