हाम्रो बिकास बैंकले गत आर्थिक बर्षमा ३ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा दोब्बर बढी नाफा कमाएको हो । बैंकको खुद व्याज आम्दानीमा उल्लेखीय वृद्धि भएपछि पनि नाफा बढ्न सहयोग पुगेको हो ।
बैंकको कुल कर्जामा खराब कर्जाको दर ०.८७ प्रतिशतमा सिमित भएको छ । बैंकले यस अवधिमा एक अर्ब निक्षेप संकलन गरी ८४ करोड बर्जा लगानी गरेको छ । बैंककौ पूँजी कोष पर्याप्तता अनुपात १६.९३ प्रतिशत, पूँजी कोष लागत घटेर ४.५६ प्रतिशत, प्रतिशेयर आम्दानी ३१ रुपैयाँ, पीइ करीब ८ गुणा, नेटवर्थ प्रति शेयर १ सय ३८ रुपैयाँ रहेको छ ।