स्टाण्डर्ड चार्टर्ड बैंकले बिहीवार काठमाडौंमा करेस्पोण्डेट बैंकिङ्ग कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । नेपालमा रहेका बैंकहरुलाईं उपयोग गरी हुन सक्ने वित्तीय अपराध बाट मुक्त रहने, जल्दाबल्दा जोखिमको बारेमा जानकारी गराउने तथा अनुपालना जोखिम न्यूनीकरण सम्बन्धी असल उदाहरणहरुको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशाला गोष्ठीमा नेपालमा अवस्थीत २८ ओटा वाणिज्य बैंकका ८२ जना उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सुरुवात सिंगापुरमा कार्यरत करेस्पोण्डेन्ट बैंकिङ्गका विज्ञ गुरप्रीत धालिवालले अपराध अनुपालना सम्बन्धी जल्दोवल्दो विषयमा बोल्दै आतंकवादी क्रियाकलापमा वित्तीय लगानी तथा अन्र्तराष्ट्रिय आर्थिक नाकावन्दी विषयमा प्रकाश पार्नुका साथै एएमएल÷सिएफटीसँग सम्वन्धित आधारभुत क्रियाकलाप सहि तवरले गर्ने विषय सम्बन्धी उपयोगी कुराहरु उल्लेख गरे । करेस्पोण्डेन्ट बैंकिङ्गको क्षेत्रमा रहेका क्रियाकलापका बारेमा ट्रान्ज्याक्सन बैंकिङ्ग सेवाका कार्यकारी निर्देशक तथा दक्षिण एसिया क्षेत्र प्रमुख शिवरामन सुब्रमन्यमले जानकारी दिए । स्विफ्टका तर्फबाट बोल्दै नाओफुमी सुकेगावाले स्विफ्टअन्र्तरगत ग्राहक पहिचान कर्ताका बारेमा आफ्ना बिचार राखे । साथै, वित्तीय अपराध नियन्त्रण इकाई, स्टाण्डर्ड चार्टर्ड नेपालका प्रमुख राजेस वास्तोलाले व्यापारीक कारोवारमा मनी लन्डरीङ्ग सम्बन्धी जोखीमका विषयमा समेत उनले प्रकाश पारे । अन्त्यमा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकहरुलाई अन्तर्राष्ट्रिय विज्ञबाट सिकेका असल कुराहरुबाट वित्तीय अपराध विरुद्ध लाग्न मद्धत मिल्ने आशा व्यक्त गर्दै कार्यक्रम आयोजना गरेकोमा स्टाण्डर्ड चार्टर्ड बैंकलाई धन्यवाद व्यक्त गरे ।
स्टाण्डर्ड चार्टर्ड बैंकका विज्ञहरुद्धारा सञ्चालन गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री शिवराज श्रेष्ठले गोष्ठीको उद्घाटन गरेका थिए । कार्यक्रममा स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जेसेफ सिल्भानुसले स्वागत मन्तव्य व्यक्त गरेको थिए ।