समीक्षा अवधिमा चालु खाता रु.२५ अर्ब ४१ करोडले बचतमा

बैंकङ खबर । समीक्षा अवधिमा चालु खाता रु.२५ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.९ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा ८ करोड ३८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड २१ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.७ प्रतिशतले वृद्धि भई रु.१ अर्ब १० करोड पुगेको छ भने प्रत्यक्ष वैदेशिक लगानी ३.३ प्रतिशतले घटी रु.१ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब ३ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४४ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.५१ अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६ अर्ब ५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ ।

अन्तर्राष्ट्रिय मुद्राकोषको शोधनान्तर स्थिति तर्जुमा कार्यविधिको पाँचौ संस्करण (BPM5) अनुसार हालसम्म प्रकाशन हुँदै आएको नेपालको शोधनान्तर स्थिति आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनादेखि मुद्राकोषको छैंटौ संस्करण (BPM6) अनुसार समेत प्रकाशनमा ल्याइएको छ ।


सोसिअल मेडिया