अपत्यारीलो रुपमा भित्रियो रेमिट्यान्स, २३ प्रतिशतले बृद्धि

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले देशको बर्तमान आर्थिक रिपोर्ट सार्बजनिक गरेको छ । जसमा नयाँ आबको पहिलो महिना साउनमा रेमिट्यान्स २३ प्रतिशतले बढेको छ । देशको वर्तमान आर्थिक स्थिति प्रतिवेदनमा उल्लेख भए अनुसार ०७६ साउनको भन्दा ०७७ साउनमा नेपाल भित्रिने रेमिट्यान्स २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड पुगेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई रु.९२ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८०.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।
ज्ञठ। समीक्षा अवधिमा खुद ट्रान्सफर आय २०.० प्रतिशतले वृद्धि भई रु.१०१ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.२ प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.४९ प्रतिशत छ ।
 आयात १९.६ प्रतिशतले घटेको छ भने निर्यात ८.९ प्रतिशतले बढेको छ ।
 विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको छ ।
 शोधनान्तर स्थिति रु ५१ अर्ब ४६ करोडले बचतमा छ ।
 कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब २ करोड अमेरिकी डलर रहेको छ ।
 संघीय सरकारको खर्च रु.१ अर्ब ९५ करोड र राजस्व परिचालन रु.५८ अर्ब ८१ करोड छ ।
 विस्तृत मुद्राप्रदाय ०।३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १८.९ प्रतिशतले बढेको
छ ।
 बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जा प्रवाह विस्तार हुन सकेको छैन वार्षिक विन्दुगत
आधारमा भनेनिक्षेपको वृद्धिदर १९।० प्रतिशत र निजीक्षेत्र माथिको दावीको वृद्धिदर ११.३ प्रतिशत छ ।


सोसिअल मेडिया