२०७३ श्रावण १३ गते

मिसन डेभलपमेन्ट बैंकको मुनाफा ५ करोड १३ लाख

mission dev bankमिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथोे त्रैमासमा ५ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिकको तुलनामा ८२ दशमलव १४ प्रतिशत बढी मुनाफा कमाएको हो ।   अघिल्लो वर्ष बैंकले २ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

१९ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ६ करोड ८६ लाख रुपैयाँ राखेको छ । त्यस्तै, निक्षेपमा ५० दशमलव ४० प्रतिशतले वृद्धि गरी २ अर्ब ५ करोड ९ लाख रुपैयाँ संकलन गरेर कर्जामा १ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ लगानी गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा ५९ दशमलव ९६ प्रतिशतले बढी हो । बैंकको खुद व्याज आम्दानी ६४ दशमलव २८ प्रतिशतले बढेर ११ करोड ५३ लाख रुपैयाँ पुगेको छ  भने संचालन मुनाफा ८६ दशमलव ४ अंकले बढेर ८ करोड ९ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ७१ लाख रुपैयाँ राखेको जनाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी २६ दशमलव ३६ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव ६० प्रतिशत रहेको छ । जोखिम युक्त सम्पत्ति १३ दशमलव २९ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ०७ प्रतिशत रहेको छ ।