Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

वाग्मती सरकारले सहुलियतपूर्ण ब्याजदरमा तीन अर्ब ऋण दिने

२०७७ आश्विन ८ गते

वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा तीन अर्ब रूपैयाँ ऋण लगानी गर्ने भएको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कृषि, उद्योग, व्यापारव्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न  कार्यविधिसमेत पारित गरेको  प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिएका छन्।

(रासस)