बैंकिङ खबर । सहकारी संस्थाहरुले ऋणको व्याज घटाएका छन् । उनीहरुले अब कर्जामा १४।७५ प्रतिशत भन्दा बढी व्याज लिन पाउने छैनन् । सहकारी विकागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले नयाँ व्याजदर निर्धारण गरेको हो । जस अनुसार कर्जामा अधिकतम् ब्याजदर १४.७५ प्रतिशत तोकिएको छ । यो व्याजदर आगामी कार्तिक १५ गतेदेखि लागु हुने छ । सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा सहकारी संस्थाहरुले ऋण लगानीमा बचत र ऋणको ब्याजदर अन्तर ६ प्रतिशत भन्दा बढाउन पाइने छैन । यसअघि सहकारीमा १६ प्रतिशत व्याजदर कायम गरिएको थियो । सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय सहकारी महासङ्घ, राष्ट्रिय सहकारी बैङ्क, केन्द्रीय विषयगत सङ्घहरूबाट प्रतिनिधित्व हुनेगरी सन्दर्भ ब्याजदर निर्धारण समितिको गठन भएको हो ।
बैंकिङ शैली
सहकारीमा पनि घट्यो कर्जाको व्याजदर, मेक्सीमम व्याजदर १४.७५ प्रतिशत
ट्यागहरू:
