Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जा अवधिभर ‘एउटै व्याजदर’ लागुहुने भएपछि फेरि व्याजदर परिवर्तन हुँदै

admin २०७७ भाद्र ३१ गते
सेयर:

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कर्जामा व्याजदर कर्जा अवधिभर कायम हुनुपर्ने नीति ल्याएपछि बैंकहरु फेरि व्याजदर परिवर्तनको तयारीमा छन् । व्याजदरको अस्थीरता कायम भइरहँदा नेपाल राष्ट्र बैंकले हालै संसोधन गरेको एकिकृत निर्देशीकामा कर्जा प्रवाहमा कर्जा दिने बेला तोकिएको व्याजदर कर्जा अवधिभर कायम गर्नुपर्ने नीति ल्याएको थियो । सोही नीति कार्यान्वयनका लागि हाल कायम भएको व्याजदर फेरि बढ्ने संकेत गरिएको छ । बैंकहरु आपसी छलफलबाट व्याजदरको स्थायीत्व कायम हुने गरी अघि बढ्न खोजेका छन् । केही बैंकवित्तले नयाँ व्याजदर सार्वजनिक गरीरहँदा व्याजदर तलमाथि भइसकेको छ । केही बैंक वित्त दशैसम्म पर्खने अबस्थामा छन् भने कतिपयले व्याज बढाउन थालीसकेका छन् । लकडाउन खुलेसँगै कर्जाको माग बढ्ने आशा बैंकिङ क्षेत्रले लिएको छ । कर्जाको व्याज सँगै निक्षेपमा पनि बैंकहरुले केही प्रतिशत व्याज बढाउने तयारी गरीरहेका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।