Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

असोज १ गतेबाट लामोदुरीका यातायात, हवाई उडान र होटलहरु संचालन हुने

admin २०७७ भाद्र ३० गते
सेयर:

बैंकिङ खबर । आन्तरिक हवाई उडान, लामोदुरीका सवारी तथा होटल रेष्टुरेन्टहरु असोज १ गतेदेखि सञ्चालन हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सो कुराको जानकारी गराएका हुन् । आन्तरिक उडान सञ्चालन ५० प्रतिशत सिट क्षमतामा यात्रु बोक्नुपर्ने छ । सरकारले असोज १ गतेदेखि होटल, रेष्टुराँ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न दिने निर्णय गरेको मन्त्री ज्ञवालीले बताए । सरकारले असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक सवारी साधन पनि संचालन गर्ने निर्णय गरेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।