सिद्धार्थ डेभलपमेन्ट बैंकको शेयर कारोबार अर्को साताबाट शुरु हुने भएको छ । मर्जरमा जानुपूर्व सिद्धार्थ डेभलपमेन्ट बैंकको अन्तिम कारोबार रकम २८३ रहेको थियो । २ विकास बैंक र १ फाइनान्स गाभिएर बनेको सिद्धार्थ डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । पुँजीका हिसाबले बैंक दोस्रो ठूलो विकास बैंक भएको छ । मर्जरपछि बैंकको निक्षेप १२ अर्ब र कर्जा लगानी १० अर्ब पुगेको छ ।