प्राइम कमर्सियल बैंक लिमिटेडको शेयरधनी दर्ता पुस्तिका साउन १९ गते बन्द गर्ने भएको छ । जसअनुसार साउन १८ गतेसम्ममा कायम शेयरधनीले मात्रै प्राइमले जारी गर्न लागेको हकप्रदमा आवेदन दिन पाउनेछन् । बैंकले ३ बराबर १ को अनुपातमा १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । बैंको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।