July 27th, 2016

भार्गव विकास बैंकको मुनाफा साढे २ करोडभन्दा माथि

Bhargavगत आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासमा भार्गव विकास बैंकले २ करोड ५८ लाख रुपैयाँ खुद कुनाफा आर्जन गरेको छ । १२ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १६ दशमलव ६६ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३ करोड ९ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

बैंकले जगेडामा ४ करोड २७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा अघिल्लो वर्षको सोहि अवधिको तुलनाभन्दा ४९ दशमलव ०८ प्रतिशतले वृद्धि गरी १ अर्ब ५४ करोड २ लाख रुपैयाँ संकलन गरेर बैंकले कर्जामा अघिल्लो वर्षको तुलनामा ५२ दशमलव ३२ प्रतिशतले अर्थात् १ अर्ब १४ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले खुद व्याज आम्दानीमा ३८ प्रतिशतले वृद्धि गरी ६ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै, संचालन मुनाफामा ७३ दशमलव ९१ प्रतिशतले वृद्धि गरी ४ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले ४५ लाख रुपैयाँ प्रोभिजनमा राखिएको छ भने ७७ हजार रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव १२ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १२ दशमलव २८ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी २१ दशमलव ५५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २५ दशमलव ७६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३५ दशमलव ५९ रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ४४ प्रतिशत रहेको छ ।