विश्वका विभिन्न मुलुकबाट स्वदेशमा रेमिट्यान्स भित्राइरहेको बेष्ट रेमिट नेपालले सुर्खेतमा केन्द्रिय कार्यालय रहेको बौद्ध ग्रामीण माइक्रोफाइनान्ससँग रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा बेष्ट रेमिटका तर्फबाट अप्रेशन म्यानेजर प्रदिप श्रेष्ठ र बौद्ध ग्रामीण माइक्रोफाइनान्सको तर्फबाट सेक्रेटरी महतराले हस्ताक्षर गरे ।
यो सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स रकम बौद्ध ग्रामिण माइक्रोफाइनान्सका १८ वटै शाखाबाट भुक्तानी लिन सकिनेछ । पछिल्लो समय ग्रामिण क्षेत्रमा आफ्नो सेवा विस्तारलाई तीव्रता दिने क्रममा मध्यपश्चिमाञ्चल क्षेत्रमा शाखा सञ्जाल रहेको बौद्ध माइक्रोफाइनान्ससँग यो सम्झौता गरिएको अप्रेशन म्यानेजर श्रेष्ठले बताए ।
गैरआवासीय नेपालीहरुद्धारा प्रवद्धित बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउन आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ । बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरि रेमिट्यान्स कारोवार बढाइरहेको जनाएको छ ।
बौद्ध ग्रामीण माइक्रोफाइनान्ससँगको सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका २५ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।




