July 26th, 2016

कन्काई विकास बैंकको सञ्चालन मुनाफा ५ करोड २२ लाख

kankaiझापा जिल्लाको दमकमा केन्द्रीय कार्यालय रहेको कन्काई विकास बैंक लिमिटेडले आर्थिक बर्ष २०७२/०७३ मा ५ करोड २२ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षभन्दा १ करोड २  लाख रुपैयाँ बढी मुनाफा कमाएको हो । अघिल्लो आर्थिक बर्षमा बैंकले ४ करोड २० लाख ७६ हजार रुपैयाँ संचालन मुनाफा, २ करोड ६५ लाख ६० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरी २५ प्रतिशत बोनस शेयर बितरण गर्न सफल भएको थियो ।

निष्क्रिय कर्जा ०.३५ प्रतिशत रहेको बैंकले १ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरी १४ करोड १९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने १ अर्व २८ करोड रुपैयाँ निक्षेप संकलन गरि सोमा ६ करोड ७ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । बैंकले गत आ.व.को तुलनामा निक्षेपमा १८ करोड रुपैयाँ र कर्जा लगानीमा करिब २१ करोड रुपैयाँ बृद्घि गरेको हो । १२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कन्काइ विकास बैंक लि.को गत आ.व.को जगेडा कोषमा १ करोड ६८ लाख रुपैंयाँ रहेको छ । 

झापा, मोरङ र ईलाम गरि ३ जिल्लामा कार्य क्षेत्र भएको यस बैंकले मुख्य कार्यालय दमक सहित ९ वटा शाखाहरुबाट करीब २३ हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।