बैंकिङ खबर । एनएमबि बैंक र कन्चन डेभलमेन्टको एकिकृत कारोबार आइतबारबाट सुरु भएको छ । एनएमबि बैंकले कन्चन डेभलपमेन्ट बैंकलाई गाभेर संयुत्त कारोबार सुरु गरेको हो । एनएमबिले १०० र कञ्चनको ८५ को स्वाप रेसियोमा कन्चन डेभलपमेन्ट बैंकलाई गाभिएको थियो । अब एनएमबि बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड पुगेको छ । कञ्चन डेभलपमेन्ट बैंक सुदुरपश्चिमस्थित महेन्द्र नगरमा केन्द्रीय कार्यालय रहेर संचालन भएको क्षेत्रीय विकास बैंक हो । उक्त बैंक अब विकास बैंकको सुचिबाट हटेको छ ।
