कसमस डेभलपमेण्ट बैङ्क लिमिटेडले १ कित्ता बराबर नयाँ १ कित्ता शेयर निष्काशन गरेको छ । बैंकले साउन ११ गतेबाट भदौ १३ गतेसम्मका लागि हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनकिो धितोपत्र तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।
कसमसले १ सय रुपैयाँ अंकित दरका ५ लाख ३ हजार १ सय २५ कित्ता हकप्रद निष्काशन गरेको हो । गत साउन ३ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउनेछन् । सिभिल क्यापिटलको कार्यालय कमलादी र कसमस डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय गोरखालगायत सम्पूर्ण शाखा कार्यालयहरुबाट हकप्रद भर्न सकिने बताइएको छ ।




