Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गृहमन्त्रालयसँग राष्ट्र बैंकको समन्वयन, परिचयपत्रमै बैंकका कर्मचारी हिड्न पाउने

२०७७ भाद्र ४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले गृह मन्त्रालयसँग समन्वयन गरेर परिचयपत्रकै आधारमा हिडडुल गर्न पाउने व्यबस्था गरेको छ । विहीबार विहान बैंकहरुका केही कर्मचारीलाई सुरक्षा क्षेत्रले सोध खोज गर्ने एवं रोक्ने कार्य गरेपछि राष्ट्र बैंकले गृहमन्त्रालयसँग यस बारेमा समन्वयन गरेको हो । नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले बैंकिङ क्षेत्र बन्द गर्न नमिल्ने बताएका छन् । बैंकिङ खबरसँगको कुराकानीमा उनले बैंकिङ क्षेत्र अत्याबश्क भएका कारण बेंकहरु बन्द गर्न नमिल्ने बताए । असहज अबस्थामा सिमित शाखाबाट सेवा सुचारु गर्ने राष्ट्र बैंकको निर्णय उनले सुनाए । उनका अनुसार हिडडुलमा समस्या परेका कर्मचारीलाई राष्ट्र बैंकले समन्वयन गरीरहेको छ । गृह मन्त्रालयसँगको समन्वयनमा हिडडुलमा आएको समस्या समाधान भइसकेको बताए ।