बैंकिङ खबर । काठमाडौं भक्तपुर र ललीतपुर गरी तीन जिल्लाको रुपमा रहेको उपत्यकामा तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अवधिमा कुनै पनि पास जारी नगर्ने भएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबार मध्यरातीबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यस अवधिमा अत्यावश्यक सेवाले आआफ्नै परिचय पत्रका आधारबाट आवतजावत गर्न पाउने छन् भने यातायातका लागि अन्य कुनै पास उपलव्ध हुने छैन । अत्याबश्यक बस्तुको आपूर्तिमा कृत्रिम अभाव नहोस भनेर त्यस्तो गरेको पाइएमा कानून बमोजिम कडा कारबाही गर्ने जनाइएको छ ।
