बैंकिङ खबर । विकास बैंकहरुमा नाफा घटेको छ । शाइनरेसुङ्गा डेभलपमेन्ट बैंकले नाफा बढाएको छ भने मुक्तिनाथ विकास बैंक विकास बैंकहरुमा अग्रसर छ । कामना सेवा विकास बैंक भने व्याज उठ्न नसक्दा १३ करोड नोक्सानीमा छ ।
मुक्तिनाथ विकास बैंकको नाफा घट्दा पनि उक्त बैंक विकास बैंकहरुमा अग्रपंत्तिमा रहेको छ । गत बर्ष बैंकको नाफा २४.०७ प्रतिशतले घटेको छ । अघिल्लो बर्ष ८५ करोड ६१ लाख नाफा कमाएको उक्त बैंकले यसबर्ष ६५ करोड नाफा गरेको छ । बैंकको वितरणयोग्य नाफा ४७ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
गरिमा विकास बैंकले गत बर्ष ५३ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको अबधिमा भन्दा बैंकले ९.२७ प्रतिशतले कम नाफा गरेको हो । बैंकको वितरण योग्य मुनाफा ३४ करोड २४ लाख रुपैयाँ रहेको छ ।
महालक्ष्मी विकास बैंकले अघिल्लो आर्थिक वर्ष भन्दा ३४.८४ प्रतिशतले नाफा घटाएको छ । अघिल्लो बर्ष ६५ करोड ७७ लाख नाफा कमाएको बैंकले गत बर्ष ४२ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त बैंकको चुक्ता पूँजी तीन अर्ब ७ करोड २० लाख रुपैयाँ रहेको छ ।
कोरोना कहरका बीच शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा भने १३.३९ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष ४१ करोड ८४ लाख नाफा गरेको बैंकले गत बर्ष ४७ करोड ४५ लाख नाफा गरेको छ । उक्त बैंकको वितरणयोग्य नाफा ३३ करोड २२ लाख रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षमा ज्योति विकास बैंकको नाफा पनि घटेको छ । उक्त बैंकको नाफामा २३.०६ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष ५३ करोड १३ लाख ४१ हजार ५५३ रुपैयाँ नाफा गरेको बेंकले गत आबमा ४० करोड ८८ लाख १० हजारनाफा गरेको छ । बैंकको वितरणयोग्य नाफा भने १४ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
कामना सेवा विकास बैंकको नाफा ५ करोड ४८ लाख रुपैयाँ मात्रै रहेको छ । अघिल्लो वर्ष कामना सेवा विकास बैंकले २८ करोड नाफा गरेको उक्त बैंकको व्याज नउठेका कारण नाफा कम भएको हो । उक्त बैंकको वितरण योग्य नाफा १३ करोड माइनस रहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको रिपोर्ट आउन बाँकी छ ।




