August 12th, 2020

निर्धनले दियो मृतकका परीवारलाई बीमा रकम

बैंकिङ खबर । बिन्दबासनी स्थित निर्धन उत्थान लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय बिन्दबासीनीले मृतक परिवारका सदस्यलाई बिमा रमक प्रदान गरेको छ , ।
बिन्दबासीनी गाउपालीका अमरपटीमा गठन भएको अमरपटी महिला स्वावलम्बी समुहकी सदस्यफूलकी देबीको निधन भएपछि निज सदस्यको श्रीमानलाई एक कार्यक्रमको बिच क्षतिपूर्ति बापतको रकम १,६२,५००। प्रदान गरिएको छ ।
शाखा कार्यालय बिन्दबासीनीका लेखापाल बैजनाथ शर्माले मृतकको श्रीमान कृष्ण दास तत्मालाई उक्त रकम प्रदान गर्नूभएको हो।
लेखापाल शर्माका अनुसार समुहका सदस्यले कर्जा लिए बापत बैकको बिमानियम अनूसार सदस्यको कालगतीमा मृत्यू भएबापत १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भएबापत २ सय ३० प्रतिशत क्ष्तिपूर्ति रकम दिने व्यवस्था भएको बताउनूभएको छ । यसैगरी सदस्यको श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकमदिने व्यवस्था गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]