बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित अर्थतन्त्र प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले प्रतिवेदनमा ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी/कामदारको रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्नेदेखिएको उल्लेख गरेको छ । प्रतिवेदनमा बन्दाबन्दीे अवधिमा सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन/कारोबार घटेको जनाएका छन् । बन्दाबन्दी अवधिमा ८३.९ प्रतिशत उद्योग/व्यवसायहरुको औसत बिजुली खपत घट्नुले समेत सो तथ्यलाई थप पुष्टि गर्दछ । ठूलो परिमाणमा उद्योग÷व्यवसायहरुको उत्पादन/कारोबार घट्नुले आर्थिक क्रियाकलापमा उल्लेख्य कमी आएको देखाउँछ । भनिएको छ ।
Banner News
राष्ट्र बैंकद्धारा कोरोना प्रभावित अर्थतन्त्रको प्रतिवेदन सार्वजनिक (प्रतिवेदनसहित)
२०७७ श्रावण २१ गते
