सगरमाथा फाइनान्स कम्पनीले १० बराबर ८ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले २९ लाख ५४ हजार ३ सय ९० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा कम्पनीले एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ । निष्काशनसम्बन्धि सम्झौतापत्रमा कम्पनीका सीईओ मनवहादुर राई र एनआइबिएलका महाप्रबन्धक मेखवहादुर थापाले हस्ताक्षर गरेका छन् ।
फाइनान्सले गत असार मसान्तसम्म २१ करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । कम्पनीले तीन अर्ब १० करोड निक्षेप र दुई अर्ब ६० करोड कर्जा लगानी गरेको छ ।
