२०७३ श्रावण ९ गते

नेशनल माइक्रोफाइनान्सको ३ लाख कित्ता आईपीओ आउँदै

nationalनेशनल माईक्रोफाईनान्सले ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले साउन १६ गतेदेखि साउन १९ गतेसम्म आवेदन खुला रहने जानकारी दिँदै आह्वान पत्र प्रकाशित गरेको छ । १ सय रुपैयाँ अंकित मूल्य भएको शेयर सर्बसाधारणले ५० कित्ता देखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले यस शेयरको निष्काशन तथा विक्रि प्रबन्धकमा एनआईबीएल क्यापिटल रहेको छ । 

आबेदन पत्र ईन्भेष्टमेन्ट बैंक, नेशनल माईक्रोफाईनान्सका शाखा कार्यालयहरु, सिनर्जी फाईनान्स, गोर्खाज फाईनान्स र साझा बिकास बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गरी रकमसहित बुझाउन सकिने जनाईएको छ ।

धादिड.मा कार्यालय रहेको राष्ट्रियस्तरको नेशनल माईक्रोफाईनान्सले चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । नेपाल ईन्भेष्टमेन्ट बैंक, कुमारी बैंक लगायतका ७ वटा बैंक तथा बित्तीय संस्थाहरुद्धारा प्रबद्र्धित कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्म २ करोड ३२ लाख खुद नाफा गरेको छ ।