मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा ३ करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा १ सय १८ प्रतिशत बढी मुनाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले १ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
हाल २५ करोड ६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सले निक्षेपमा १९ दशमलव ०२ प्रतिशतले वृद्धि गरी २ अर्ब ४८ करोड रुपैयाँ संकलन गरेको छ, भने सो अवधिमा फाइनान्सले अघिल्लो वर्षको भन्दा २० दशमलव ७१ प्रतिशतले बढी अर्थात् २ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
फाइनान्सको खराब कर्जा ३ दशमलव ५७ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७५ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी १३ दशमलव १९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २९ दशमलव ११ गुणा र प्रतिशेयर नेटवर्थ १ सय २६ दशमलव ०३ रुपैयाँ रहेको छ ।