Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी बैंकको ८५ लाख कित्ता हकप्रद शेयर आउँदै

admin २०७३ श्रावण ७ गते
सेयर:

centuryसेञ्चुरी बैंकले दश बराबर तीन कित्ताका दरले हकप्रद निष्काशन गर्ने भएको छ । बैकले ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । यसका लागि बैंकले यसै साता धितोपत्र बोर्डमा स्विकृति पाएको जनाएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । 

बैंकले पूँजीवृद्धि योजना अनुसार हकप्रद जारी गर्न लागेको हो । हाल सेञ्चुरी बैंकको २ अर्ब ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । हकप्रद पश्चात बैंकको चुक्तापूँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । साथै बैंकले रुपन्देहीको भैरहवामा केन्द्रिय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई खरिद गर्ने सम्झौता गरिसकेको छ । गत आर्थिक बर्षको बोनश र इन्भोटिभलाई किनेपछि सेञ्चुरीको पूँजी ४ अर्ब पुग्ने बताइएको छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।