बैंकिङ खबर । नीजि तथा साना गाडि बिक्रिका लागि गाडि कम्पनीहरुले बैंकहरुसँग सहकार्य गरेर विक्रि बितरणको चाँजोमाझो मिलाउन थालेका छन् । सार्वजनिक सवारी साधन बन्द भएका कारण मोटरसाइकल तथा स्कूटरका कम्पनी र नीजि कार कम्पनीहरु सक्रिय भएर लागेका छन् । उनीहरुले धेरै सहुलीयतका स्किमहरु ल्याएका छन् । कम्पनीहरूले फाइनान्सिङ सुविधा, मासिक किस्ता सुविधा, नगद एवं कर छुट जस्ता सुविधाहरु घोषणा गरेर बैंक वित्त कम्पनीसँग मिलेर गाडि बिक्रिको रणनीति बनाएका छन् । सवारीसाधन बिक्रिका लागि दशैंमा भन्दा सहुलीयत र छुटका प्याकेज राखिएको छ । यसअघि गाडी खरिदमा छुट पाउन दसैंतिहार पर्खनु पर्ने अबस्था थियो । कोरोना संक्रमण र लकडाउनका कारण थला परेको अर्थव्स्थामा सवारी साधन पनि एक हो । यो व्यबसाय कम्जोर हुँदै गर्दा मोटरसाइकल र स्कूटरको बिक्रि भने अहिले ह्वात्तै बढेको छ । जोर विजोर लागु हुनु तथा सार्वजनिक यातायात बन्द हुनुले दैनिक काम गर्नेका लागि मोटरसाइकल र स्कूटर प्रभावकारी देखिन्छ । लकडाउनको अबस्था सरकारले आगामी साउन ७ गतेसम्मका लागि यथाबत राखेको छ । लामोसमयदेखि लकडाउनका कारण गाडिको खरिदबिक्री ठप्पप्रायः भएको थियो । चारपांग्रे साना सवारी साधन तथा मोटरसाइकल र स्कुटर खरिद गर्दा कम्पनीहरुले छुटका कार्यक्रमहरु अघि सारेपछि उपभोक्ता पनि आकर्षीत भएका छन् । बैंकवित्तमा पनि अन्य व्यापार व्यबसायका लागि कर्जा माग भएको छैन । जसले गर्दा गाडिका लागि बैंकहरु पनि लगानी गर्न तयार भएका छन् । गाडि कम्पनीहरुले ६ महिनाको किस्ता समेत आफैले बुझाउने समेतका स्किम ल्याएका छन् । सबैभन्दा बढी छुट दुईपांग्रे सवारीमा छ । लकडाउन खुकुलो भएसँगै असार पहिलो साताबाट मोटरसाइकल र स्कुटरको बिक्रि पनि बढेको छ ।