July 20th, 2016

५० प्रतिशत हकप्रद शेयर जारी गर्दै जनता बैंक

janataजनता बैंक नेपालले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको गत जेठ ३० गते बसेको छैटौँ साधारणसभाले २ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । एक सूचना जारी गर्दै बैंकले हकप्रद शेयर भर्नका लागि आवश्यक डिम्याट खाता खोल्न सबै शेयरधनीहरुलाई अनुरोध समेत गरेको छ । यस बैंकको डिम्याट खाता खोल्नका लागि बैंकको काठमाडौँको नयाँ बानेश्वरस्थित केन्द्रिय कार्यालयको शेयरधनी सेवा विभाग तथा यस बैंकको जुनसुकै कार्यालयमा सम्पर्क गर्न सकिने बताइएको छ ।