Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

५० प्रतिशत हकप्रद शेयर जारी गर्दै जनता बैंक

admin २०७३ श्रावण ५ गते
सेयर:

janataजनता बैंक नेपालले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको गत जेठ ३० गते बसेको छैटौँ साधारणसभाले २ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । एक सूचना जारी गर्दै बैंकले हकप्रद शेयर भर्नका लागि आवश्यक डिम्याट खाता खोल्न सबै शेयरधनीहरुलाई अनुरोध समेत गरेको छ । यस बैंकको डिम्याट खाता खोल्नका लागि बैंकको काठमाडौँको नयाँ बानेश्वरस्थित केन्द्रिय कार्यालयको शेयरधनी सेवा विभाग तथा यस बैंकको जुनसुकै कार्यालयमा सम्पर्क गर्न सकिने बताइएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।