July 20th, 2016

अरनिको डेभलपमेन्ट बैंकको नाफा ५ करोड ८४ लाख

aranikoअरनिको डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ८७ दशमलव ०९ प्रतिशतले बढी मुनाफा कमाएको हो । गत वर्षको सोहि अवधिमा बैंकले ३ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

२५ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले ८ करोड ७७ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ । निक्षेपमा गत वर्षको सोहि अवधिको तुलनाभन्दा २४ दशमलव ७३ प्रतिशतले वृद्धि भएर २ अर्ब १ करोड २८ लाख रुपैयाँ संकलन भएको छ भने कुल कर्जा लगानी १ अर्ब ७६ करोड १ लाख रुपैयाँ पुगेको छ । त्यस्तैगरी खुद व्याज आम्दानी १९ दशमलव ०४ प्रतिशतले बढेर १० करोड ४ लाख रुपैयाँ पुगेको छ । बैंकले सञ्चालन मुनाफामा ७० दशमलव ९६ प्रतिशतले बढेर ५ करोड ३९ लाख रुपैयाँ मुनाफा पुगेको छ । प्रोभिजनमा ३ करोड ६८ लाख रुपैयाँ राखेको बैंकले सो अवधिमा ३ करोड ७९ लाख रुपैयाँ खराब कर्जा उठाएको जनाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक १६ दशमलव ३५ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात वार्षिक १६ दशमलव ७६ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ३४ दशमलव ०३ रुपैयाँ रहेको छ । बैंकको निस्कृय कर्जा शुन्य दशमलव ९८ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १६ दशमलव ३५ प्रतिशत रहेको छ ।