Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकले पहिलोपटक गर्यो १ अर्बमाथिको नाफा

admin २०७३ श्रावण ५ गते
सेयर:

nic asiaएनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले पहिलोपटक १ अर्बमाथिको नाफा गरेको हो ।  अघिल्लो आर्थिक वर्ष बैंकले ६८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

त्यस्तै, बैंकले निक्षेपमा १६ अर्ब रुपैयाँ बढाएर ६९ अर्ब रुपैयाँ पुर्याएको छ । कर्जा पनि १६ अर्ब रुपैयाँ नै बृद्धि गरेको छ । बैंकले खुद व्याज आम्दानी ४० करोड रुपैयाँ बढाएको छ । गत आर्थिक वर्षमा बैंकले व्याज आम्दानी एक अर्ब ९७ करोड रुपैयाँ पुर्याएको छ । अन्य सञ्चालन आम्दानी ३४ करोड रुपैयाँ र ३२ करोड रुपैयाँ राइट व्याक गरेको छ । विदेशी विनिमय कारोबारबाट १६ करोड रुपैयाँ कमाएको छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।