Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिन्धु विकास बैंकको शतप्रतिशत हकप्रद साउन २३ गते

२०७३ श्रावण ५ गते

sindhuसिन्धु विकास बैंकले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले चुक्ता पुँजी बढाउनका लागि एक बराबर एकको हनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । साउन २३ गते देखि निष्काशन हुन लागेको हकप्रदका लागि भदौ २६ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । हाल बैंकको चुक्ता पुँजी १२ करोड ९ लाख रुपैयाँ छ । हकप्रद निश्कासन पछि बैंकको चुक्ता पुँजी दोब्बर अर्थात्, २४ करोड १८ लाख रुपैयाँ पुग्नेछ । 

बैंकले सो हकप्रद शेयर निष्कासन तथा विक्रि प्रबन्धकका रुपमा एनआईबिएल क्यापिटललाई नियुक्त गरेको छ । लगानीकर्ताले सिन्धु विकास बैंकका शाखा र एनआईविएल क्यापिटलको कार्यालयमा आवेदन दिन पाउँछन् । 
 
तीन जिल्ला कार्यक्षेत्र भएको यो बैंकका साउन ६ गतेसम्म कायम सेयरधनिले मात्रै हकप्रद भर्न पाउनेछन् ।