Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

यसरी सघाउँछ तपाइँलाई किसान बहुउद्धेश्यीय सहकारीले

admin २०७३ श्रावण ५ गते
सेयर:

kisanकिसान बहुउद्धेश्यीय सहकारी संस्था लि. बि. स. २०५२ सालमा स्थापना भई २०६४ साल बाट नेपाल राष्ट्र बैंक बाट सिमीत बैकिङ कारोवार गर्न स्विकृती प्राप्त गरेको थियो । यस संस्थाले आफ्नो कार्यक्षेत्रमा विपन्न वर्गमा घरदैलो बित्तीय सेवा पुर्याउने उद्धेश्यका साथ २०६४ सालबाट लघुवित्त कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

कैलाली जिल्ला कार्यक्षेत्र भई काम गरि रहेको यस संस्थाले १७ वटा सेवा केन्द्र मार्फत ३७ हजार विपन्न परिवारमा प्रत्यक्ष आधुनिक वित्तीय सेवा पुर्याउँदै आईरहेको छ । यस आ. व. ७२/७३ मा यस संस्था ले ४ करोड ९५ लाख मुनाफा आर्जन गरेको छ भने हाल यो संस्थाको पुँजी ५ करोड ८० लाख रहेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा हरेक बर्ष एसएलसीमा उत्कृष्ट अंक ल्याउने विपन्न परिवारका १० जना बिद्यार्थीहरुलाई छात्रवृत्ति समेत दिदै आएको छ । शेयर सदस्यको मृत्युृमा २५ हजार रुपैयाँ  काजकृया खर्च तथा लघु कर्जा ऋणी सदस्यको मृत्यु भएमा पुरै ऋण मिनाहा समेत गर्ने गरेको छ साथै सदस्यहरुलाई सुत्केरी सुविधा, आगलागी भएमा राहत सुविधा समेत दिँदै आएको छ । हाल यस संस्थाले कैलाली जिल्लाका सम्पुर्ण नगरपालिका तथा गा. बि. स. हरु मा आधुनिक बित्तीय सेवा अन्र्तगत निशुल्क एसएमएस सेवा(सदस्यको बचत, कर्जा तिरेको,जम्मा गरेकाजानकारी दिने) का साथै ट्याब्लेट बैकिङ सेवा समेत संचालन गरेको छ ।

कृषि क्षेत्रलाई आधुनिककरण तथा ब्यवसायमुखी बनाउने उद्धेश्यका साथ ३ जना कृषि प्राविधिक (जे. टि.ए.) मार्फत सदस्यको घरदैलौमा गई कृषि परामर्श तथा तालिमको सेवा दिदै आइरहेको छ । सुलभ दरमा केन्द्रिय कार्यालय लम्कीले आफ्नै भवनबाट मलखाद समेत बिक्री वितरण गर्दै आईरहेको छ । साथै कैलाली जिल्लामा कृषिमाबाट उत्पादन भई बिग्रने तथा नासिन बाट बचाउन र उत्पादन बस्तुको उचित मुल्य निर्धारण गर्ने उद्धेश्यले यस संस्थाले १ विगाहा जग्गा समेत खरिद गरी चाडै नै कोल्ड स्टोरको निर्माण कार्य सुरु गर्ने छ । हाल यस संस्थाको कुल पुँजी ५ करोड ८० लाख तथा बचत ६२ करोड २८ लाख रुपैयाँ र लगानीमा रहि रहेको रकम १ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।