गोरखामा प्रधान कार्यालय रहेको मनास्लु विकास बैंक लिमिटेडले आ.व. २०७२।०७३ मा ६ करोड ९५ लाख ३३ हजार ५ सय ६२ रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । मनास्लुले आफ्नो नाफा लाई अघिल्लो बर्षको तुलनामा ७९ प्रतिशतले बृद्धि गरेको हो । आ.व. २०७१।०७२ मा बैंकले ३ करोड ८७ लाख ८२ हजार ६ सय ५० रुपैयाँ संचालन मुनाफा कमाएको थियो ।
बैंकले अघिल्लो बर्षको तुलनामा ५८ प्रतिशत बढी अर्थात् २ अर्व १२ करोड ५६ लाख ६६ हजार ५ सय ७१ रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जातर्फ ४७ प्रतिशतले बृद्धि गरि १ अर्व ६१ करोड ६९ लाख ८९ हजार २ सय ९१ रुपैयाँ लगानी गर्न सफल भएको छ । यस अवधि सम्ममा बैंकको खराब कर्जा शून्य प्रतिशत रहेको छ ।
करिव ३५ हजार भन्दा वढि ग्राहकहरुलाई सेवा दिँदै आईरहेको बैंकले पुँजी बृद्धि गर्ने उद्धेश्य स्वरुप हाल कायम चुक्ता पुजी १८ करोड ३५ लाख २९ हजार ५ सय रुपैयाँमा २ वरावर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया समेत अघि बढाई सकेको छ ।
बैंकले हाल सम्म बिभिन्न १७ प्रकारका वचत तथा मुद्धती खाता आकर्षक ब्याजदरमा सञ्चालन गर्दै आएको छ साथै बैकले स्थापना काल देखि नै सुनचादी धितो कर्जा तथा अन्य सबै खालका कर्जाहरु छिटो छरितो रुपमा प्रवाह गर्दे आउनुको साथै सेफ डिपोजिट लकर सेवा, एटीएम सेवा, मोबाइल बैंकिङ सेवा, अनलाइन चेक क्लियरिङ सेवा लगायतका अत्यधुनिक सेवा सुविधाहरु प्रवाह गर्दे आईरहेको छ । बैकको हाल गोरखाको केन्द्रिय कार्यालय वाहेक गोरखाकै आरुघाट बजार, लक्ष्मिबजार, तनहुको डुम्रेबजार, तुरतुरे बजार, आवुखैरेनी बजार,दुलेगौडा बजार, चितवनको नारायणघाट र पर्सा बजार गरि केन्द्रिय कार्यालय समेत ८ वटा शाखा र १ वटा एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रवाह गरिरहेको छ भने चितवनको टाँडी बजार र तनहुको दमौली बजारमा शाखा कार्यालयहरुको निर्माण कार्य भई रहेको र निकट भविश्यमा नै संचालनमा ल्याउने तयारी रहेको छ ।