July 20th, 2016

हेर्नुस् युनिक फाइनान्सको वित्तीय अवस्था

unique financeयुनिक फाइनान्स लिमिटेडले आर्थिक वर्ष ०७२/०७३ को चौथो त्रैमासमा ४ करोड खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २ गुणा बढी नाफा कमाएको हो । आर्थिक वर्ष ०७१/०७२ को चौथो त्रैमासिक अवधिमा कम्पनीले २ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

८५ लाख रुपैयाँ २३ करोड ८६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सले ७ करोड ८८ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ । कम्पनीले अघिल्लो वर्षकोभन्दा २८ दशमलव ८६ प्रतिशत बढी अर्थात ८० करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी अघिल्लो वर्षको भन्दा ४ दशमलव ७७ प्रतिशत बढी अर्थात् गरी ५७ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २० दशमलव ४५ प्रतिशतले बढेर ५ करोड ३२ लाख रुपैयाँ पुगेको भने सञ्चालन मुनाफा ३४ दशमलव ३७ प्रतिशतले बढेर ४ करोड ३७ लाख रुपैयाँ पुगेको छ । बैंकले १ लाख ६७ रुपैयाँ प्रोभिजनमा राखेको जनाएको छ  ।

जोखिमयुक्त सम्पत्ति ४३ दशमलव ३४ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव १६ प्रतिशत रहेको फाइनान्सको प्रतिशेयर आम्दानी वार्षिक २० दशमलव ३३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव ९५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३३ दशमलव ०६ रुपैयाँ र तरलता अनुपात ६४ प्रतिशत रहेको छ ।