२०७३ श्रावण ४ गते

नृत्य प्रतियोगीलाई पुरस्कारस्वरुप यती डेभलपमेन्ट बैंकको सहयोग

yetiयती डेभलपमेन्ट बैंकले कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रुकुम सांस्कृतिक वर्ष २०७३ मा आयोजित नृत्य प्रतियोगीताका उत्कृट ६ प्रतिष्पर्धीलाई पुरस्कारस्वरुप १८ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । पुरस्कार रकम बैंकको रुकुम शाखाका शाखाप्रबन्धक ईश्वर श्रेष्ठले प्रदान गरे । बैंकले आफ्नो संस्थागत उत्तरदायित्वअन्तर्गत रहेर सो सहयोग गरेको जनाएको छ । बैंकले गत आर्थिक वर्षमा १० अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ७६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।