Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मनास्लु विकास बैंकको हकप्रद शेयर साउन २३ गतेदखि

admin २०७३ श्रावण ४ गते
सेयर:

manasluमनास्लु विकास बैंकको हकप्रद शेयर साउन २३ गतेदेखि भर्न पाइने भएको छ । साउन ५ गतेसम्म शेयर किन्नेले उक्त हकप्रदका लागि आवेदन दिन पाउनेछन् । हाल कायम चुक्ता पूँजी १८ करोड ३५ लाख रुपैयालई २७ करोड ५२ लाख पुर्याउन कम्पनीले हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय र मनास्लु विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा गएर हकप्रद भर्न पाइने बताइएको छ । कम्पनीको शेयरमूल्य हाल प्रति कित्ता ५ सय ५५ रुपैयाँ रहेको छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।