यो लघुबित्त राष्ट्रियस्तरमा थोक कर्जा प्रबाह गर्ने लघुवित्त हो । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिले थोक कर्जा प्रबाह गर्ने लघुवित्तलाई २०७५ साल असार मसान्तसम्म चुक्ता पूँजी ६० करोड पुर्याउनु पर्ने व्यवस्था गरेको छ । जसअनुसार, यो लघुवित्तलाई पनि अबको दुई वर्षमा पुँजी बढाएर २३ करोडबाट ६० करोड पुर्याउनुपर्ने चुनौती रहेको छ ।