अरुण काबेली पावर लिमिटेडले ३० करोड रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्य भएका ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । यसका लागि कम्पनीले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । आइपीओ बिक्री गर्न कम्पनीले असार २८ मा धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले निवेदन दिएपछि पुँजी बजार नियामक धितोपत्र बोर्डले अध्ययन थालेको छ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्ने छ ।