July 18th, 2016

मोरङका एक दर्जन सहकारी खारेजीमा

sahakariसहकारी डिभिजन कार्यालय मोरङले एक दर्जन निस्क्रिय सहकारी संस्थाको दर्ता खारेज गरेको छ । सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख गोपीप्रसाद घिमिरेका अनुसार आव २०७२/०७३ को अन्त्यमा १२ वटा सहकारीको दर्ता खारेज गरिएको हो । सहकारी सञ्चालन गर्ने स्वीकृति लिएर कारोबार नगरेका र समयमा साधारणसभा गरी सहकारी कार्यालयमा प्रतिवेदन नबुझाएका सहकारी खारेजमा परेका हुन् । खारेज हुनेमा ग्रामीण भेगका सहकारी बढी छन् । अघिल्लो वर्ष ३१ वटा सहकारीको दर्ता खारेज भएको थियो । मोरङमा एक हजार ७३ वटा सहकारी सञ्चालनमा रहेको सहकारी डिभिजन कार्यालय मोरङले जनाएको छ । रासस