Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

फेवा विकास बैंकको संचालन मुनाफा ४८ करोड 

admin २०७३ श्रावण ३ गते
सेयर:

fewa bikas bankआ.व. २०७२/७३ मा फेवा विकास बैंक लिमिटेडले ४८ करोड ११ लाख रुपैयाँ संचालन मुनाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा झन्डै ४० प्रतिशतले बढी मुनाफा आर्जन गरेको हो । त्यस्तै गरी निक्षेपमा गत आषाढ मसान्तको तुलनामा २ अर्ब ३६ करोड रुपैयाँले वृद्धी भइ ११ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ भने कर्जातर्फ २ अर्ब ११ करोड रुपैयाँले वृद्धी भइ १० अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ । बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी  गराए ।
 
बैंकले केन्द्रिय कार्यालयसहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालयमार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा  एबीबीएस, एटीएम, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ । साथै, न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।