May 28th, 2020

बजेटले घोषणा गरेका बैंक तथा वित्तीय क्षेत्रका नयाँ कार्यक्रमहरु

बैंकिङ खबर । सरकारले बजेट मार्फत बैंक तथा वित्तीय क्षेत्रलाई व्यबस्थीत बनाइने उल्लेख गरेको छ । बैंकिङ दायरा बढाउने, विद्यतीय भुक्तानीलाई प्राथमिकतामा राख्ने तथा कोरोनाबाट प्रभावित व्यबसायलाई ५ प्रतिशत व्याजमै कर्जा दिइने घोषणा गरेको छ । बैंक वित्तीय क्षेत्रलाई बजेटले समेटेका विषयहरु यहाँ प्रस्तुत गरिन्छ ।

  • सहुलीयत पूर्ण कर्जाको आकार बढाइयो
  • विद्युतीय भुक्तानीलाई प्रभथमिकता दिइने
  • नगदरहित कारोबार बढाउने
  • बीमाको दायरा विस्तार गरीने
  • घुम्ति बीमा कार्यक्रमबाट कृषि बीमा बढाइने
  • नेशनल गेटवेय पेमेन्ट सिस्टम लागु गरिने
  • अधिकाँस सरकारी तथा सार्वजनिक रकमको भुक्तानी विद्युतीय माध्यमबाट गरिने
  • बैंकहरुलाई विदेशबाट ऋण ल्याउन सहजीकरण गरिने
  • बैंकवित्तलाई एक अर्कामा गाभ्ने कार्यलाई प्रोत्साहन
  • सरकारले कोरोना प्रभावित व्यबसायीहरुलाई लाई ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने 
  •  हरेक वाणिज्य बैंकका प्रत्येक शाखाबाट १० जना र विकास बैंकले प्रत्येक शाखाबाट कम्तिमा ५ जनालाई सहुलीयतपूर्ण कर्जा दिनुपर्ने व्यबस्था । 
  • २ प्रतिशत व्याजमा नव प्रवर्दन कोषको स्थापना । जसमा कोषमा ५० करोड रकम विनियोजन ।
  • विभिन्न सिपहरु सिकाएर ५० हजार ससाना व्यबसायी उत्पादन गरिने  । जसमा १ अर्ब बजेट विनियोजन
  •  लघुवित्तको माध्यमबाट १ लाख २७ हजारलाई रोजगारी बनाइने योजना पनि सरकारले अघि सारेको छ ।
  • यातायात व्यबसायीलाई कर्जामा सहुलीयत दिइने ।
  • पूनरकर्जा कोषको आकार १ खर्बको बनाइयो

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]