Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकले किन्यो प्रिमियर फाइनान्स

admin २०७३ श्रावण २ गते
सेयर:

Pictureसिटिजन्स बैंक इन्टरनेशनलले  प्रिमियर फाइनान्स कम्पनी लि.लाई खरिद गरी आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । यी दुई संस्थाबीचको एक्विजिसनका लागि नेपाल राष्ट्र बैंकले गत असार २० गते स्विकृति दिएको थियो भने कम्पनी रजिस्ट्रारको कार्यालयले गत असार २४ गते स्विकृति दिएको थियो ।

यस प्राप्ति (एक्विजिशन) पश्चात बैंकको चुक्ता पूंजी रु. ३.५६ करोडले बृद्घि भई रु. ३ अर्ब १० करोड पुगेको छ भने बैंकको कूल निक्षेप रु. ४८ अर्ब ८ करोड र कर्जा रु. ४१ अर्ब ८ करोड पुगेकोे छ । उक्त संस्था प्राप्ति भए पश्चात बैंकको २ शाखाहरु थप भई उपत्यका भित्र २४ शाखा र उपत्यका वाहिर ३४ शाखा गरी मुलुक भर कुल ५८ शाखाहरु र ९३ वटा शाखा रहित बैंकिंङ्ग सञ्जालबाट सेवा प्रदान गर्नेछ । बैंकले आगामी दिनमा अझ बढी कार्यक्षेत्र र सेवा सञ्जाल बृद्घि गर्ने र आफ्ना समस्त ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग प्रणाली मार्फत उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास एवं प्रतिवद्धता व्यक्त गरेको छ । 

 यस अघि बैंकले नेपाल हाउजिंग एंड मर्चेन्ट फाइनान्स लि. र पिपुल्स फाइनान्स लि. लाई प्राप्ति गरेको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।