सरकारले लगानी बोर्डमा दुई सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा र उद्योगी राजेशकाजी श्रेष्ठलाई सदस्यमा नियुक्त गरेको हो ।