बैंकिङ खबर । बैंकिङ क्षेत्रले तत्कालका लागि कर्मचारी कटौटी नगर्ने भएको छ । कर्मचारी कति र कसरी कटौती गर्ने भन्नेबारे टुंगो लाग्न बाँकी रहेकै बेला यूनियनबाट दवाव सिर्जना भएपछि तत्कालका लागि कर्मचारी कटौती नगरिने भएको हो । हरेक क्षेत्र लकडाउनका कारण पर्ख र हेर को अबस्थामा छन् । उद्योग, व्यापार, व्यबसाय सबै ठप्प भएपछि बैंकिङ क्षेत्रपनि त्यसको मारमा परेको छ । लामो समयदेखि कोरोना प्रभाव र लकडाउनका कारण उत्पन्न परिस्थितिले बैंकिङ क्षेत्रका दुईतिहाई कर्मचारी खाली छन् । बैंकवित्तले अत्यावश्यक क्षेत्र भएका कारण सेवा भने सुचारु राखेका छन् । नेपाल राष्ट्र बैंक र बैंकर्स संघबीच अनौपचारिक छलफल भई तत्काल कर्मचारी कटौटी नगर्ने भएको हो । कर्मचारी यूनियनले बारबार यसबारे ज्ञापन पत्र बुझाएको थियो । कर्मचारी यूनियनका कारण तिब्र दवाव सिर्जना भएपछि कर्मचारी कटौतीको कार्य तत्कालका लागि रोकिएको छ । तथापि अनौपचारिक रुपमा सामान्य केही संख्यामा करारमा राखिएका कर्मचारी भने वित्तीय क्षेत्रले कटौटी गरेका छन् ।
