राज्यले भारतबाट फर्कने नेपालीको बैधानिक व्यवस्थाबाट उद्धार गर्नु आवश्यक

जनक कुमार खड्का-

बिश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरस (कोभिड-१९) ले नेपालमा पनि लकडाउन भएको करिब दुई महिनापछी बिभिन्ना जिल्लाहरुमा अप्रत्याशित रुपमा संक्रमीत बढ्दा सबैलाई शसन्कित बनाएको छ । झन् क्वारेन्टाइनमा नबसेका नागरिक, पत्रकार, स्वास्थकर्मि समेतलाई संक्रमण देखिनु राम्रो संकेत होईन । नेपालमा पनि भयभह अबस्था सिर्जना नहोला भन्न सकिन्न । महामारीकै रुप लिन पनि सक्छ । कोरोना भाइरसले गर्दा भारत तथा श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरूको समस्या बढदो छ । कुनै देशले नेपालमै ल्याएर छाडिदिन्छौं भन्न समेत थालेका छन् भने भारतमा रहेकाहरू सीमा नाकामा आउन थालेका छन् ।

श्रम स्वीकृत बिना, बैधानिक रुपमा भारत नगएका कारण सबैभन्दा बढि भारतमा रहेका नेपाली समस्यामा परेका छन् । भारतमा रहेका नेपालीलाई भारत सरकारले कोहि पनि भोकै मर्ने अबस्था आउदैन , खाद्यान्न तथा राहत कुनै कमि हुदैन भनेर नेपाल सरकारलाई प्रतिबद्धता जनाएपनि अवस्था त्यस्तो छैन । उनीहरुले खाद्यसामाग्री प्राप्त गर्न सकेका छैनन्, त्यहाँ राहत माग्दा अपमान सहनु परेको छ , विभिन्न ठाउँमा दुव्र्यवहार भएको छ । तिमिहरुलाई कस्ले बोलायो भन्ने गरेका छन् । कसैले पनि जिम्मेवार लिने गरेको छैन । अन्य देशमा रहेका नेपालिहरु कोरोनाको जोखिम भयपनी भोकभोकै मर्ने अबस्था आउदैन तर भारतमा रहेका नेपाली भोकभोकै मर्ने अबस्था आउन सक्छ । अझ सयौंको संख्यामा एउटै कोठामा बस्नुपर्ने, एउटै ट्वाइलेट प्रयोग गर्नुपर्ने हुदा कोरोनाको उच्च जोखिममा छन् । भारतले क्वारेन्टाइनमा राखेका नेपालिलाई पनि सयौंको संख्या एउटै कोठामा राखेको छ एउटै चर्पी प्रयोग गर्ने गरि राखेको छ । गाँस बासको उचित ब्यबस्था नहुदा र अपमान सहनुपर्दा जोखिम मोलेरै नेपालिहरु नेपाल आउने गरेका छन र आउछन् ।

अर्को खुल्ला सिमा नाका र प्राप्त सुरुक्षा नहुदा पनि विभिन्न स्थानबाट लुकिछिपी नेपाल छिर्न सक्छन् । सरकारले लकडाउन गरेपछी पनि हजारौंको संख्यामा भारतबाट नेपालिहरु नेपाल आएका छन् । नेपालको कोरोना संक्रमीत बढ्नु र कोरोनाको जोखिम बढनु भारतबाट लुकिछिपी आउने नेपाली नै हुन् । यसरी नै लुकिछिपी आउने अबस्थामा हुने हो भने नेपालमा लकडाउन गर्नुको कुनै औंचित्य हुदैन । भारतमा रहेका करिब दुई लाख नेपाली नेपालमा आउन चाहान्छन् , त्यस्तै अन्य देशबाट पनि आउन चाहान्छ्न् । उच्च जोखिममा रहेकालाई पहिचान गरि सरकारले योजनाबद्ध नेपाल ल्याउनुपर्छ ।
सरकारले तथ्यांक संकलन गरि योजना बनाएर विभिन्न देशमा रहेका नेपाली नागरिकलाई अबस्था अनुसार वर्गीकरण गरेर समबन्धित देशसँग समन्वय गरि त्यहीँ स्वास्थ परिक्षण गरि नेपाल ल्याउने ब्यबस्था गर्नुपर्छ । संक्रमणको जोखिम कम र नेपाल भित्र नसर्ने वातावरण गराएर उच्च जोखिम रहेका र गाँस बासको ब्यबस्था नभएका नागरिकलाई नेपाल ल्याउन पहलकदमी चाल्नैपर्छ । नेपाल आउनबित्तिकै सिधा क्वारेन्टाइन १४ दिन राखेर नेगेटिभ रिपोर्ट आएकोलाई घर जाने ब्यबस्था गर्नु उपयुुक्त हुन्छ । भारतमा रेल्वे सेवा सुचारु हुदा झन् नेपालिहरु धेरै सिमा सम्म आउने हुदा सीमामा उनिहरुलाई रोक्दा पनि लुकिछिपी नेपाल प्रवेश गर्ने र संक्रमणको जोखिम झन् बढ्ने संभावना हुन्छ । जोखिमपूर्ण ढंगले नेपाल आउने क्रमलाई रोकेर वैधानिक तरिकाबाट नेपाल छिर्न नेपालीका लागि सीमित र निश्चित नाका खुला गर्ने र अलपत्र परेका नेपालीहरूलाई ल्याउन सरकारले बेलैमा सोच्नुपर्छ । यस तर्फ सरकारको बेलैमा ध्यान जाओस् नत्र झन भयभह अबस्था सिर्जना हुन्छ । अबस्था निकै नै जटिल हुन सक्छ। सरकारी तथ्यांक अनुसार १,५०,००० आउन चाहेका नेपाल लुकिछिपी आउँदा झन सबै सँग सम्पर्क हुने हुँदा कोरोनाको संक्रमण बढने संभावना धैरे छ ।